२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार विरुद्ध कांग्रेस सडकमा उत्रियो



काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकार विरुद्ध देशभर सडकमा प्रदर्शन गरेको छ । पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ सोमबार सरकारका विरुद्ध प्रदर्शन गर्न थालेको हो ।

कांग्रेसले पौडेलमाथि दुव्र्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गरिरहेको छ । विरोध सभा विशेष कार्यक्रमहरु देशभर सुरु भईसकेको अनलाइनसरोकारका स्थानीय सहकर्मीहरुले खबर पठाएका छन् ।

कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार ००:००  १२ : ५२ बजे