२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागिरिमा ट्रक दुर्घटना, सिन्धुलीका दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा ट्रक दुर्घटना हुँदा सिन्धुलीका दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सिन्धुलीका मनिष कार्की र मनकुमार माझीको मृत्यु भएको हो ।

मृतक कार्की तामाङ मरिण कन्ट्रक्सनका लेखापाल र माझी ट्रक चालक रहेको खुलेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्रक सडकबाट डेढ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार ००:००  १ : २७ बजे