२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस्ति विकासले मुलुकको समृद्धिमा भूमिका खेल्छ : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धिका लागि टोलबस्तिको विकासले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ रुद्रेश्वरलाई आवासीय क्षेत्र घोषणा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल गाउँबस्तिले सजिएको मुलुक भएकाले सबै गाउँको विकास भएमा मात्रै मुलुकमा समृद्धि आउने बताएका हुन् ।

अव्यवस्थित शहरीकरणका कारण शहर कुरूप बनेको भन्दै सबै ठाउँलाई स्वस्थ र सुन्दर बस्तिका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलले जोड दिएका हुन् । उनले विकास निर्माणका सवालमा संघीय सरकारका तर्फबाट बजेट आए पनि कार्यान्वयन गर्दा स्थानीयको सक्रियता र सहभागिता आवश्यक रहेको धारणा राखेका छन् ।

बढ्दो शहरीकरणका कारण कृषियोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै गएको अवस्थामा सो क्षेत्रलाई आवासका लागि व्यवस्थित, सुरक्षित तथा सुविधायुक्त बनाउनका लागि आवासीय क्षेत्र घोषणा गरिएको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले बताए । बसोवासलाई सुरक्षित र व्यवस्थित बनाउन मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधि र विकास सबैको साझा हुने उनको भनाई छ ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार ००:००  १ : ५३ बजे