२०८१, ४ बैशाख मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थलीका किसानलाई दुधमा १ रुपैंया अनुदान (भिडियो सहित)



रामेछाप । रामेछापको मन्थली नगरपालिकाले किसानलाई दुधमा १ रुपैंया अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरभित्रका पशुपालक किसानको माग अनुसार नगरपालिकाले गतवर्षबाट दुधमा प्रतिलिटर १ रुपैंया अनुदान दिन थालेको थियो ।

दुध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न दुधमा अनुदान दिने कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिईएको नगरप्रमुख रमेशकु्मार बस्नेतले बताए । ‘हामीले किसानलाई दुधमा १ रुपैंया अनुदान दिने गरेका छौं । दुधको मुल्य कम भयो, खर्च धानेन भन्ने किसानको गुनासो आएपछि १ रुपैंया अनुदानको नीति लिएका हौं ।’ नगरप्रमुख बस्नेतले भने, ‘मन्थलीको समृद्धिको आधार भनेकै कृषि, पशुपालन र पर्यटन हो । पशुपालन र कृषिमा अनुदान दिएर सबै नागरिकलाई उत्पादनसँग जोड्ने हाम्रो अभियान छ ।’ किसानको हितमा ल्याईएका अनुदान, उपकरण र आर्थिक तथा प्राविधिक सहयोगका कार्यक्रमले निरन्तरता पाउने नगरप्रमुख बस्नेतले बताएका छन् ।

स्थानीय सरकारले दुधमा अनुदान दिएपछि मन्थलीका किसान खुसी छन् । प्रति लिटर दुधमा १ रुपैंया अनुदान पाउँदा किसानलाई ठुलो राहत मिलेको पशुपालक केशर पौडेलले बताए ।

मन्थलीका दुग्ध प्रशोधन केन्द्रमा किसानले दुध लगेर बेच्छन् । उनिहरुले १ महिना सम्म उत्पादन गरेर डेरीमा पु¥याएको दुधका आधारमा मासिक रुपमा किसानले नगरपालिकाबाट अनुदान रकम भुक्तानी पाउने प्रावधान छ ।

मन्थली नगरपालिकाले पशु विमा, कृतिम गर्भाधान, पशुनश्ल सुधार, गोठ सुधार, छाडा कुकरहरुको वन्ध्याकरण जस्ता कार्यहरु गरिरहेको छ ।

हेर्नुहोस् यो भिडियो ।

https://www.youtube.com/watch?v=-0V_c0VXQps

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार ००:००  २ : २८ बजे