२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा रामहरिको गर्जन ‘आगामी चुनावमा ७५ प्रतिशत नेकपाका नेताको जमानत जफत हुनेछ ।’



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले नेकपा नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको देशव्यापी विरोध प्रदर्शनलाई इलाममा सम्बोधन गर्दै नेता खतिवडाले नेकपाका नेताको कार्यशैली र सरकारको सकृयता मुलुकको हित विपरित भएको बताएका हुन् ।

केही दिन देखि राजतन्त्रको पक्षमा प्रदर्शन भईरहेको बताइएता पनि राजतन्त्रका पक्षमा नभई त्यो केपी ओली नेतृत्वको सरकार विरुद्धको प्रदर्शन भएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसले चुनाव हार्दा देशले हारेको उनको तर्क थियो ।

खतिवडाले प्रधानमन्त्रीले भारतका ऐजेण्ट जसरी राष्ट्रवादको खोल ओडेर लम्पसारवादको अभ्यास गरेको आरोप लगाए ।

कांग्रेस चुनाव हार्दैमा कमजोर नहुने जिकिर गर्दै नेता खतिवडाले वर्तमान सरकारको कामले नेकपा कमजोर बनेको बताए । नेकपाका वर्तमान सांसदहरु मध्ये ७५ प्रतिशत नेताको अर्को निर्वाचनमा जमानत जफत हुने बताए ।

कांग्रेससँग राणा, राजा र माओवादी नटिकको दावी गर्दै खतिवडाले केपी ओली टिक्न नसक्ने जिकिर गरेका छन् । ‘कांग्रेसले राण शासन फाल्यो, राजतन्त्र फाल्यो, माओवादी सिध्यायो केपी ओली त विचरा कांग्रेससँग के टिक्न सक्छन् ?’ खतिवडाले भने,‘हामी धेरै भन्दौंन, अब नेकपा टिक्दैन कांग्रेस नै जनताको दुःख सुखको साथी हो ।’ आगामी निर्वाचनको तयारी थाल्न खतिवडाले कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

सोमबार कांग्रेसले देशभर सरकार विरुद्ध सडकमा प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार ००:००  ४ : २४ बजे