२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुस १० देखि खुल्दै चलचित्र घर



काठमाडौं । पुस १० गतेदेखि फिल्म हल सञ्चालनमा आउने भएका छन् ।

कोरोना भाइरस ( कोभिड -१९ ) का कारण बन्द रहेका फिल्म हल करिब नौ महिनापछि नेपाल चलचित्र संघले आगामी पुस १० सञ्चालन गर्ने निर्णय गरेको हो।
सरकारले चलचित्र घर खुलाउन चासो नदिएकाले विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन समेत गर्ने निर्णय गरेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार ००:००  ४ : ५९ बजे