२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको ऐँसेलुखर्कका सबै विद्यालयको कक्षाकोठा धुलोरहित बनाइँदै



खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले विद्यालयको कक्षाकोठालाई धुलोमुक्त बनाउने तयारी गरेको छ । गाउँपालिकाले ४३ वटा सामुदायिक विद्यालयका कच्ची भवनका कक्षाकोठालाई धुलोमुक्त बनाउने तयारी गरेको हो ।
ढुङ्गामाटोबाट बनाइएका विद्यालयका कक्षाकोठालाई प्लाष्टर गर्दै धुलोरहित बनाउने तयारी गरेकोे गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए। “गाउँपालिकामा ४३ वटा सामुदायिक विद्यालय मध्ये २७ प्रावि, आठ आधारभूत र आठवटा मावि छन्”, उनले भने, “पठनपाठनका क्रममा छात्र-छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका कक्षालाई धुलोरहित बनाउने अभियान चलाइएको हो।”
कक्षाकोठा प्लाष्टर गर्नका लागि लाग्ने अनुमानित रकम माग गरेका आधारमा आर्थिक सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार ००:००  १२ : ३७ बजे