२०८३, ३ असार बुधबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टीम नेपालले बेरोजगारलाई रोजगारी दिने



काठमाडौं । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपाल नामक संस्थाले काम नपाउनेहरुलाई रोजगारी दिने भएको छ ।
संस्थाले रोजगार नभएकाहरुलाइकृषि फार्ममा रोजगारी दिने भएको हो । गाँस, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भैरहेको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।
उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरेको र कोठा नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेका उनको भनाई छ । उनले भने ‘काठमाडौंमा कोठा नहुने र काम नपाउनेहरुलाई कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागेका हौँ’ ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार ००:००  १ : २७ बजे