२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखामा बस दुर्घटना, ११ जना घाईते



गोरखा । को भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।
काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । बसमा सवार ३० यात्रुमध्ये १९ जना घर फर्किसकेका छन् ।
घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको एसपी गुरुङले बताए । ६ जना घाईतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार ००:००  ११ : ५६ बजे