२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा चिसो बढ्यो, जनजीवन कष्टकर



तराई क्षेत्रमा हुस्सु ,कुहिरो र तुषारोका कारण अत्याधिक चिसो बढेको छ ।
एक्कासी भएको मौसम परिवर्तनका कारण चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।
चिसो छल्न सर्वसाधारण चोक चोकमा आगो बालेर बसेका छन् ।

राजमार्गको सडक तथा सहायक राजमार्गको सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समस्या हुन थालेको चालकहरु बताउँछन् ।

प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ  बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्याधिक चिसो बढेको स्थानियको भनाई छ ।
शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ ।

आजभोलि दिउँसो राम्रोसँग घाम नलाग्ने हुँदा चिसोबाट बच्ने उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणलाई सूचना प्रकाशित गरी आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार ००:००  १२ : १९ बजे