२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यादेश विरूद्ध सर्वोच्चमा रिट



काठमाडौ । हिजो सरकारले ल्याएको अध्यादेश विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्च अदालतमा अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्।
रिट दर्ता गरेको र प्रशासनिक कामहरु बाँकी रहेको अधिवक्ता अर्यालर्ले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमा जानकारी नदिइकनै अध्यादेश ल्याएका थिए। प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हुन्।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार ००:००  १ : ४४ बजे