२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित



काठमाडौं । बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ ।पार्टिका अन्य नेताहरु उपस्थित भएपनि प्रधानमन्त्री ओली उपस्थित नभएको स्थायी कमिटी एक सदस्यले जानकारी दिए। ओली नआए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बैठक सुरु गरेका छन् ।
बैठक अघि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । यसअघि मंसिर २८ गते आइतबार बसेको स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड( १९) बाट मंसिर २४ गते निधन भएको थियो।
आजको बैठकमा अध्यक्षद्वयले पेश गरेका प्रस्तावहरूमाथि छलफल गर्ने भनिएको थियो । तर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् बैठक सम्बन्धी अध्यादेश जारी गरेपछि उत्पन्न विवादले आजको बैठक प्रवेश पाउने निश्चित छ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार ००:००  २ : १३ बजे