काठमाडौं । मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकामा पत्रकारिता तालिम शुरु भएको छ।
तालिममा आधारभूत पत्रकारिता ,स्थानीय तह ,संघियता ,नेपाली कम्युनिस्ट आन्दोलन लगायतका विषयमा बरिस्ट प्रशिक्षकहरुले प्रशिक्षण दिने भएका हुन् । तालिममा तिन वटै नगरपालिकाका सबै वडा बाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको मदन भण्डारी फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारीले जानकारी दिए ।
तालिमको उद्घाटनमा मदन भण्डारी फाउन्डेसनकी केन्द्रिय सचिव पेम्बा लामाले गरकी छिन्।उद्घाटनमा बोल्दै उनले स्थानीय तहका सकारात्मक र सृजनात्मक कामहरुलाई संचार माध्यम र सामाजिक संजाल मार्फत व्यवस्थित प्रचार गर्ने जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताइन् ।
तालिम व्यवस्थापन समितिका संयोजक इन्द्र डंगोलले पौष १ गते बाट काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाको तालिम शुरु हुने बताएका छन।
सुशासन र समृद्धिका लागि संचार अभियानका रुपमा छ दिन शैदान्तिक र तिन महिना प्रयोगात्मक रुपमा संचालन हुने तालिमको अन्तिम चरणमा दक्षिणकाली ,चन्द्रागिरी र किर्तिपुर नगरपालिकामा तालिम संचालन हुने आयोजकले जानकारी दिएको बताए ।
२०७७, १ पुस बुधबार ००:००
140
Shares











