२०८१, ८ जेठ मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीका जुनार किसानलाई अनुदानमा औजार वितरण



सिन्धुली । सिन्धुलीका जुनार खेती गर्ने किसानले ५० प्रतिशत अनुदानमा औजार पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुपरजोन सिन्धुलीले गोलनजोर गाउँपालिका ५ खनियखर्क र चिसापानी क्षेत्रमा जुनार टिपन र राख्नको लागि चाहिने आवश्यक सामाग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

प्याकेजिङ्ग, लेबलिङ्ग तथा पोष्ट हार्भेट क्षति न्यूनिकरण कार्यक्रम अन्तगत जुनार किसानलाई जुनार राख्ने काटुर्न, केट, पन्जा, चस्मा, प्लास्टिक सिट, ग्रेडिङ्ग, भर्याङ्ग, फल टिप्ने किल्पर, तराजु, फल टिप्ने लौरो लगाएतका बल्कचेन तथा बजार र टिप्ने ग्रेडिङ तथा प्याकेजिङ तालिम दिएको छ । गोल्नजोर गाउँपालिका ५ को  चिसापानी जुनार उत्पादक कृषि सहकारी संस्था लिमिटेड र खनियखर्क ओभिओपी जुनार विक्रि केन्द्र सहकारी संस्था सँग ८/८ लाखको सम्झौता गरिएको प्रधानमन्त्री कृषी आधुनीकरण परियोजना सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले अनलाईन सरोकारसँग बताए । उनका अनुसार जुनार किसान बाट १६ लाख र सुपरजोनको प्याकेजिङ्ग, लेबलिङ्ग तथा पोष्ट हार्भेट क्षति न्यूनिकरण कार्यक्रम अन्तगत १६ लाख गरि जम्मा ३२ लाख लागतको सामाग्री वितरण गरिने छ ।

यस्तै उक्त सामाग्री पाए पछि जुनार किसानले उत्पादित जुनार बिक्रीका लागि काठमाडौँ सम्म पुर्याउन थालेका छन् ।  काठमाण्डौँको तिनकुने हिलटप सहकारीसँग सम्झौता गरि जुनार बिक्री गरिरहेको गोल्नजोर गाउँपालिका ५ चिसापानी जुनार उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष योगेन्द्र थापाले जानकारी दिए । उनका अनुसार किसानले जुनार प्रति केजि ४० देखि ५५ रुपैयाले काठमाडौ पठाउने गरेका छन् । तीनकुनेस्थित ग्रीनग्रोथले पनि सिन्धुलीको जुनार अनलाइन बिक्री गरिरहेको छ ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार ००:००  १२ : ५४ बजे