२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘उच्च सतर्कता र सावधानीले अहिले सम्म ओखलढुंगामा कोरोना भित्रिएको छैन’ प्रजिअ पाैडेल



पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा – ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले उच्च सतर्कता र नागरिकले अपनाएको सावधानीले जिल्लामा हाल सम्म कोरोनाको संक्रमण नदेखिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक स्थानीय भिजन एफएमको नागरिकसँग सिडियो कार्यक्रममा अन्तरवार्ता दिँदै प्रजिअ पौडेलले सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय सरकार र सबै सरोकारवालाको पहल, उच्च सतर्कता र नागरिकको सावधानीले अधिकांश ठाउँमा कोरोना भाइरसको संक्रमण देखिए पनि ओखलढुंगामा नदेखिएको बताएका हुन् ।

प्रदेश १ का १४ मध्ये १३ जिल्लामा कोरोना संक्रमण देखिएको अवस्थामा पनि  ओखलढुंगामा शुन्य संक्रमण राख्न सफल भएको भन्दै उनले आगामी दिनमा जिल्ला प्रवेश गर्ने नाकाको कडाई, स्वास्थ्य परीक्षण बढाउँदै क्वारेन्टाइन र आइसुलेसनको व्यवस्थापमा जोड दिने योजना रहेको बताए । परीक्षण कम भएकाले संक्रमित नभेटिएको भन्ने सवाल उठेपनि त्यो सत्य नभएको उनको तर्क छ । ‘नजाँचेरै संक्रमण देखिएन भनेको पनि सुनियो तर त्यसो होईन । लक्षण देखिएका वा शंका लागेकालाई जाँच्ने सरकारको नीति छ । कसैलाई कुनै संक्रमणको शंका भए हामीलाई सम्पर्क गर्नुहोला उहाँहरुको तत्काल स्वास्थ्य परीक्षण हुन्छ ।’ प्रजिअ पौडेलले भने,‘जिल्लामा संक्रमण नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेपनि ढुक्क हुने अवस्था छैन । सरकारले गरेको आग्रह अनुसार लकडाउनको पालना गरौं, आफ्नो र परिवारका सदस्यको सबैले ख्याल गरौं ।’ उनले सरकारले लकडाउनलाई लुजडाउनको अवधारणामा बदलेको भन्दै त्यसलाई पालना गर्न आम नागरिकमा अपिल गरेका छन् । व्यवसाय सञ्चालन, सार्वजनिक सेवा प्रवाह र अन्य गतिविधि गर्दा भिडभाग नगर्न र सवारीमा यात्रा गर्दा पनि जोर विजोरको प्रणाली अनुसार विशेष सावधानी अपनाउन जिल्लाबासीमा आग्रह गरेका छन् ।

जिलल प्रवेश गर्ने नयाँ मानिस सबैलाई क्वारेन्टाइनमा राख्ने र भारत सहितका देशबाट आएकालाई कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै घर जान दिईने प्रजिअ पौडेलको भनाई छ ।

जनपक्षीय काम गर्छु : प्रजिअ पौडेल

ओखलढुंगामा जनपक्षीय प्रशासकको भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताएका छन् । केही दिन अघि मात्रै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर आएका पौडेलले विगतका असल अभ्यासलाई निरन्तरता दिँदै थप रचनात्मक काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रत्येक महिनाको १ गते भिजन एफएम मार्फत सिडिओले प्रत्यक्ष जनतासँग कुरा गर्ने कार्यक्रम नागरिकसँग सिडियोमा सहभागी हुँदै सार्वजनिक सेवा प्रवाह, शुसासन, पारदर्शीता, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, विकास निर्माण सहितका सवालमा समन्वयात्मक हिसाबले काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

पौडेल यसअघि अन्य जिल्लामा रहँदा विभिन्न चरणमा गृह मन्त्रालयले गरेको मुल्याङ्कनमा उत्कृष्ट सिडिओ भित्र पर्ने गरेका थिए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार ००:००  ३ : २१ बजे