२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उखु किसानको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता



काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

शुक्रबार माइतीघरमा आन्दोलनरत किसानहरूलाई भेटेपछि नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो, हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ ।’

उनले किसानलाई धेरै दुःख नदिई उनीहरूका माग पूरा हुने वातावरण तयार गर्न र ठगी गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरे ।

नेता पौडेलले समाजवादउन्मुख राज्यमा किसानको अवस्था यसप्रकारको हुनु दुःखद भएको बताए । ‘कांग्रेस सधैँ किसानका पक्षमा छ, सरकारले किसानलाई ठगी गर्ने व्यापारीलाई शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने । चिनी मिलले उखुको मूल्य भुक्तानी नगरेपछि उखु किसानहरू पाँच दिनदेखि माइतीघरमा चिसो भुइँमा आन्दोलनरत छन् ।

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन कांग्रेस युवा नेता रामहरि खतिवडा सहितका नेता आन्दोलनरत किसान भेट्न पुगेका थिए ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार ००:००  ३ : २७ बजे