२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीको कमलामाईमा ७० हेक्टर जमिनमा सिंचाई पुर्‍याउने योजनाको काम सुरु



सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका १० बेलाह सरकारी टोलमा ७० हेक्टर जमिनलाई सिंचाई पु¥याउन सिचाई आयोजना सुरु गरिएको छ । बागमती प्रदेश सरकारको १ करोड ७१ लाख २० हजार ४ सय ३३ रुपैया ९६ पैसा लागतमा बेलाह सरकारी टोलको सिंचाई आयोजना सुरु भएको हो ।

बागमती प्रदेश सभा सांसद विनोद कुमार खड्काले एक कार्यक्रमको बिच आयोजनाको शिलान्यास गरेका छन् । कार्यक्रममा जलस्रोत डिभिजन कार्यलय सिन्धुलीका प्रमुख घनश्याम कार्की, कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री, बेलाह सरकारी टोल समितिका अध्यक्ष नारायण खड्का र कमलामाई नगरपालिका १० का वडा अध्यक्ष कैलाश ढुंगेल लगाएतको उपस्थिति थियो ।

२०७८ कार्तिक २४ गते सम्ममा निमार्ण सम्पन्न हुने उक्त योजनाले ७० हेक्टर क्षेत्रफलको बाली र १ सय ८० घरधुरीका ८ सय नागरिक लाभाम्भित हुने जनाइएको छ ।


उक्त योजनाको काम १ करोड ७१ लाख २० हजार ४ सय ३३ रुपैया ९६ पैसा लागतमा आत्रय निमार्ण सेवा सिन्धुलीले ठेक्कामार्फत गर्ने छ भने १७ लाख लागतको काम उपभोक्ता समितिमार्फत हुने बेलाह सरकारी टोल समितिका अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

सिचाइ आयोजना शिलान्यास गदै सांसद खड्काले सिचाई आयोजनाको काम छिट्टै सक्न निमार्णको जिम्मा लिएको आत्रय निमार्ण सेवा सिन्धुली र उपभोक्ता समितिलाई आग्रह गरेका छन् । गुणस्तरीय सामाग्रीको प्रयोग गर्न र बजेट अपुग भए बागमती प्रदेश सरकारले थप गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार ००:००  ६ : ५८ बजे