काठमाडौं । रोटरी क्वल अफ बौद्धको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लवको नियमित जनहितकारी कार्यक्रम अन्तरगत शुक्रबार बौद्धमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ३० जनाले रक्तदान गरेको क्लवका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिए । कोभिडको समयमा रगत अभावका कारण मानिसहरु समस्यमा परेकाले रोटरी क्वले रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेको अध्यक्ष शेर्पाले बताए । कार्यक्रममा क्लवका पदाधिकारी र स्थानीयको उत्साहजनक सहभागिता थियो ।