२०८१, ८ जेठ मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुनपा १२ मा मंगलवार सार्वजनिक सुनुवाई हुँदै



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले मंगलवार सार्वजनिक सुनुवाई गर्ने भएको छ । वडा कार्यालयले नागरिकको प्रश्न, प्रतिक्रिया र गुनासो सहितका सवालमा शुसासन, पारदर्शीता र जवाफदेहीता सहित बृहत सार्वजनिक सुनुवाई गर्ने भएको हो ।

वडाको विकास र समृद्धिका लागि भएका प्रयास र गरिएका अभ्यासका बारेमा नागरिकसँग छलफल गर्ने र आगामी योजना तय गर्नेगरि कार्यक्रम आयोजना गरिएको वडाअध्यक्ष शम्भुप्रसाद भटराईले जानकारी दिए । कार्यक्रममा सकृय सहभागिताका लागि वडाअध्यक्ष भटराईले सबैलाई आवहन गरेका छन् । कपन स्थित एभरसाइन पार्टी प्यालेसमा मंगलबार दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रमको संयोजन पब्लिक इन्ट्रेष्ट मिडियाले गर्ने जनाईएको छ ।

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार ००:००  ६ : २९ बजे