२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुनपा १२ मा सार्वजनिक सुनुवाई : ‘जनप्रतिनिधिको कामको प्रशंसा’



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा अध्यक्ष शम्भुप्रसाद भटराईको अध्यक्षता तथा प्रदेश सांसद कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यतामा वडाले मंगलवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

नागरिकको प्रश्न, प्रतिक्रिया र गुनासो सहितका सवालमा शुसासन, पारदर्शीता र जवाफदेहीता सहित आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई लगायतका सरोकारवाला सहित स्थानीयको उल्लेख्य उपस्थिती थियो ।

कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य पुरुषोत्तम नेपालले वडामा भएको भौतिक विकासको प्रगति र वडा सचिव मनिष भटराईले सेवा प्रवाह र प्रशासनिक सेवाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बुनपा १२ का टोलसुधार समिति, महिला सञ्जाल, युवा तथा सामाजिक क्षेत्रका अगुवाहरुले वडाको विकास निर्माणमा स्थानीय तहका जनप्रतिनिधिले गरेको कामको चोतर्फि प्रशंसा गरेका थिए । कार्यक्रमका अतिथि र सबैजसो वक्ताले १२ नम्बर वडाका जनप्रतिनिधिले अब्बल काम गरेको भन्दै प्रशंसा गरेका हुन् ।

सहभागीले उठाएका सवालमा वडाअध्यक्ष भटराई र नगरप्रमुख खरेलले जवाफ दिएका थिए । उक्त कार्यक्रम विशेष सामाग्री बुधबार साँझ ६ः३० र विहिबार बिहान ९ः३० मा प्राइमटाइम्स टेलिभिजनमा कार्यक्रम समृद्धि मार्फत प्रशारण हुनेछ ।

कार्यक्रमको पब्लिक इन्ट्रेष्ट मिडियाले संयोजन गरेको थियो ।

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार ००:००  ८ : ३० बजे