२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणकाजीको कमाण्डमा प्रचण्ड–माधव पक्षले ओली विरुद्ध आन्दोलन गर्ने



काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको छ । बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

आन्दोलन परिचालनका लागि सोही समितिबाट सानो सचविालय गठन हुने बताइएको छ । प्रदेशमा काम संचालन गर्न स्थायी कमिटी र प्रदेश कमिटीका पदाधिकारीले काम थाल्ने र प्रदेशका पदाधिकारीले एक हप्ता भित्र प्रदेश कमिटी बैठक राख्नु पर्ने निर्देशन समेत बैठकले दिएको छ ।

नेतृ रामकुमारी झाँक्रीले भने कमिटीको नाम आन्दोलन परिचालन समिति होइन, प्रतिगमनविरुद्धको आन्दोलन समिति बनाउनुपर्ने भन्दै फरक मत राखेकी थिइन् । अन्नतः झाँक्रीको मतअनुसार नै आन्दोलन समितिको नाम केन्द्रीय कमिटीबाट पारित भएको छ ।

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार ००:००  २ : ४१ बजे