२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संस्थापन पक्षमा एकताबद्ध हुन नेकपाका कार्यकर्तालाई राज्यमन्त्री गुरुङको आग्रह



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अम्बिरबाबु गुरुङले नेकपाका सबै नेता कार्यकर्तालाई संस्थापन पक्षमा एकतावद्ध हुन आग्रह गरेका छन् । पछिल्लो घटनाक्रमले केन्द्रदेखि तल्लो तहका पार्टी कमिटिमा समेत विचलनको स्थिती आएकाले संस्थापन पक्षमा एकताबद्ध हुन नेता गुरुङले आग्रह गरेका हुन् ।

प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहेका नेता गुरुङले राजधानीमा गृह जिल्ला ओखलढुंगाका युवा कार्यकर्तासँगको भेटमा सबै एक भएर अघि बढ्न आग्रह गरेका हुन् । ‘केपी ओली नेतृत्वको नेकपा संस्थापन पक्ष हो । सबै एक भएर यो नेतृत्वलाई साथ दिनुपर्छ त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुहोला ।’ गुरुङले भने, ‘अहिले तत्काल यताउता भएपनि मुल नेतृत्व ओलीको हुन्छ र देशको समृद्धिका लागि काम गर्ने पार्टी पनि हाम्रै हो ।’ पुस्ता हस्तान्तरण अबको आवश्यकता भएकाले युवा वर्गलाई समेटेर अघि बढ्ने आफुहरुको योजना रहेको उनले बताएका छन् ।

नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएपछि नेता गुरुङले थप सकृयता बढाएका छन् ।

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार ००:००  ३ : ५२ बजे