२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री विरुद्ध लागेपछि प्रदेश १ का अर्थमन्त्री पदबाट बर्खास्त



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालीन माअ‍ोवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोलाई शनिबार साँझ पदमुक्त गरेका हुन् ।

रामबहादुर थापा बादल निकट आङ्बो पछिल्लो समय उनको साथ छाडेर प्रचण्डतिर लागेका छन् । मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार ००:००  ७ : १५ बजे