२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ का कृषि राज्यमन्त्रीकाे शेरधनलाई समर्थन



विराटनगर । प्रदेश १ का एकजना राज्यमन्त्रीले आफ्नो कित्ता परिवर्तन गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर नेकपाको केपी ओली समूहमा लागेका हुन् ।

आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि प्रचण्ड-नेपाल समूहका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिए पनि राज्यमन्त्री मगरले दिएनन् । मगर पूर्व एमाले हुँदा झलनाथ खनाल निकट नेता हुन् ।

उनले आफूले राजीनामा नदिने र पार्टी परिवर्तन गरेको बताएका छन् । ‘म त हिजो इलाम तिर आएँ,’ मगरले भने, ‘पार्टी नै परिवर्तन भयो । राजीनामा दिन्नँ ।’

प्रकाशित मिति : २०७७, १२ पुस आइतबार ००:००  ३ : २६ बजे