२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ दल भन्छ ‘नेपालमा संसदीय व्यवस्था नै अभिसाप’



काठमाडौं । नेपालको वर्तमान घटनाक्रमका विषयमा विभिन्न ५ राजनैतिक दलले ओखलढुंगामा संयुक्त वक्तव्य निकालेका छन् । प्रधानमन्त्रीले संसद विघटन गरेपछिको देशको पछिल्लो अवस्थालाई विश्लेषण गर्दै ५ दलले संसदीय व्यवस्थाका विरुद्ध एकजुट हुन अपिल गर्दै संयुक्त वक्तव्य निकालेका हुन् ।

५ दलका तर्फबाछ पर्वतले जारी गरेको वक्तव्यमा नेपालमा संसदीय व्यवस्थाका कारण अस्थिरता, कालोबजारी र अन्याय अत्याचारका घटनाहरु बढेको भन्दै त्यसको विकल्पका रुपमा संघिय जनगणतन्त्रलाई अघि सारिएको छ ।

वक्तव्यमा एमसिसि खारेज गर्न, अतिक्रमित नेपाली भूमि फिर्ता लिन र कालोबजारी र भ्रष्टचार अन्त्य गर्दै संसदीय व्यवस्थाको विरुद्धमा जुट्न अपिल गरिएको छ ।

५ दलको संयुक्त बैठक शनिवार ओखलढुंगामा बसेको थियो ।

प्रकाशित मिति : २०७७, १२ पुस आइतबार ००:००  ४ : २७ बजे