२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्को चुनावको तयारीमा जुटे रामहरि खतिवडा



नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा आगामी निर्वाचनको तयारीमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र बढेको विवाद र वर्तमान सरकारको कार्यशैलीका कारण देखिएको अस्थिरताका बीच आगामी चुनाव जित्ने रणनीति बनाउँदै खतिवडाले निर्वाचनको तयारी थालेका हुन् ।

संसद विगटन गरेर प्रधानमन्त्रीले थालेको असंबैधानिक कदम विरुद्ध आफुहरु आन्दोलनमा रहेपनि चुनावबाट नभाग्ने खतिवडाले बताए । ‘वर्तमान सरकारले जुन असंबैधानिक कदम चालेको छ त्यसले मुलुकलाई फाईदा गरेको छैन । यस विरुद्ध हामी आन्दोलनमा छौं तर चुनावबाट भाग्दैैंनौ बरु जनमत जितेर देश बनाउँछौं ।’ प्रधानमन्त्री विरुद्ध प्रदर्शनका लागि ओखलढुंगा आउनेक्रममा खतिवडाले भिजनसँग भने, ‘प्राविधिक हिसाबले यसअघि चुनाव हारियो अब फेरि ओखलढुंगा जिल्ला कांग्रेसको किल्ला बनाउन कसैले रोक्न सक्दैन । कांग्रेसको बिरासत बचाउनु मात्रै छैन जिल्लाबासीको मुहारमा गुमेको खुसी फर्काउनु छ ।’ खतिवडाले आफु पराजित भएर पनि निरन्तर जनताको काममा रहेकाले मतदाताले विश्वास गरेर मतदान गर्ने दावी गरेका छन् ।

खतिवडाले आफ्नो संयन्त्र प्रयोग गरेर भोट माग्न थालिसकेका छन् । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा ओखलढुंगा (ख) बाट निर्वाचित खतिवडा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । उनि पदमा नरहँदा पनि निरन्तर जिल्लाको विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा सकृय छन् ।

प्रकाशित मिति : २०७७, १२ पुस आइतबार ००:००  ६ : १० बजे