२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्दोलन गर्न काठमाडौं आएका उखु किसानको हृदयघातबाट मृत्यु



उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ ।

आन्दोलनरहत उखु किसानहरुको संरक्षण राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँ भन्दा बढी बक्यौता लिन बाँकी थियो । यसपटक पैसा हातमा परेपछि मात्र आन्दोलन फिर्ता गर्ने मनसाय लिएर किसानहरु काठमाडौं केन्द्रित आन्दोलनका लागि आएका थिए ।

तर, २१ दिन भित्र सबै रकम भुक्तानी गर्ने सम्झातौता गरी किसानहरुले आन्दोलन स्थगित गरेको सुनेपनि यादव चिन्तित थिए । उनले बेलुकातिर आफन्त र किसान साथीभाईसँग आन्दोलन स्थगित गरेर पैसा पाउने आश कम रहेको बताएका थिए ।

यदपी, आन्दोलनको बीचमा उनले २ लाख रुपैयाँ आफ्नो खातामा आएको बताएका थिए । मिश्रका अनुसार आइतबार दिउँसो माइतिघरस्थित आन्दोलन स्थलमै उनले दुई लाख रुपैयाँ खातामा आएको भन्दै खुसी व्यक्त गरेका थिए । ‘दुई लाख चिनी मिलले दिएको छ, अझै १५ लाख जति पैसा पाउन बाँकी छ । त्यो पैसा पनि नपाएसम्म आन्दोलन गर्नुपर्छ भनेर उहाँ (यादव) उत्साहित हुनुहुन्थ्यो’ मिश्रले भने, ‘तर, आज बिहान दुःखत निधन भएको छ ।’

यादवको मूल पेशा नै उखु खेती हो । उनले ४–५ बर्षदेखी मिललाई उखु दिएपनि त्यस बापतको पैसा नपाउँदा मानसिक चिन्तामा थिए । गाउँघरमा चर्को ब्याजमा उनले उखु खेती लगाउन र घर व्यवहार चलाउन ऋण लिएका थिए । यसपटक काठमाडौं केन्द्रित आन्दोलनबाट पैसा आएपछि ऋण तिर्ने उनको योजना थियो । नयाँ पत्रिका

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार ००:००  १२ : ५४ बजे