२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । यद्यपि दर्ता हुन बाँकी छ ।

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले रिट लिएर सर्वोच्च पुगेका हुन् । रिटमा उनले प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ११ माघ आइतबार ००:००  ५ : २९ बजे