२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका ङावा निमा शेर्पा सहित ३ जना पर्यटन बोर्डको सदस्यमा नियुक्त



काठमाडौं । नेपाल पर्यटन बोर्डमा तीनजना सदस्य नियुक्त भएका छन् । छनौट समितिले सिफारिस गरेका ५ जनामध्येबाट पर्यटनमन्त्री भानुभक्त ढकालले शुक्रवार चन्द्र रिजाल, ङावाङिमा शेर्पा र कृष्ण शाहलाई नियुक्त गरेका हुन् ।

धादिङका चन्द्र रिजाल टानका पूर्वअध्यक्ष हुन् भने ओखलढुंगाका ङावा निमा शेर्पा नेपाल कोरिया पर्यटन प्रवर्द्धनमा क्रियाशील व्यवसायी हुन् । त्यस्तै इलामका शाह पनि पर्यटन क्षेत्रका व्यवसायी हुन् ।

मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित समितिमा पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटा र पूर्ण कुँवर सदस्य थिए । समितिले यी तीनजनासहित हरिभक्त श्रेष्ठ र सिएन पाण्डेको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०७७, २३ माघ शुक्रबार ००:००  ४ : ३५ बजे