२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहेलो धातु सहित विमानस्थलबाट एक जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो ४२ वर्षीया शान्ति गौतमलाई उक्त स्थानबाट करिव १ सय ग्राम बराबरको सुन जस्तो देखिने पहेलो धातुको १ थान औंठी र १ थान सुनको बाला सहित पक्राउ गरेको हो ।

लमजुङ बाग्लुङपानी गाउँपालिका-१ घर भएकी उनलाई एअर अरेबियाको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा उक्त धातु लैजान लागेको अवस्थामा पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ५ चैत्र बिहीबार ००:००  ३ : ३३ बजे