२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एटिएम मेसीन फुटाई रकम झिक्न खोज्ने प्रक्राउ



काठमाडौं । काठमाडौंमा एटिएम मेसीन फुटाउदै गरेको अवस्थामा एकजना प्रक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा भारत गोरखपुर घर भई हाल काठमाडौं ठमेल बस्ने  २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो  ।

उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ६ चैत्र शुक्रबार ००:००  ३ : ५१ बजे