२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितुवाको छाला सहित एकजना प्रक्राउ



काठमाडौं । काभ्रेपलाञ्चोक बेथानचोक गाँउपालिका-२ ग्वाभञ्ज्याङ्गबाट चितुवाको छाला र  हड्डी सहित एकजना प्रक्राउ परेका छन् ।

संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान तथा हड्डी (आखेटोपहार) सहित खानीखोला गाउँपालिका-७ बस्ने ३४ वर्षीय टेक बहादुर थिङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले आखेटोपहार सहित फेला पारी उनलाई पक्राउ गरेको थियो ।

उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ६ चैत्र शुक्रबार ००:००  ४ : ४८ बजे