२०८३, ३० भदौ मंगलबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ पार्टी कार्यालयको निरीक्षणमा पुगे ओली



प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गरेका छन् । बुधबार थापाथली स्थित नेकपा(एमाले)को केन्द्रीय कार्यालय सार्न लागिएको नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंग मार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो ।

साढे २ तलाको उक्त घरमा १३ कोठा रहेको बताइएको छ । हाल नेकपा(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहेको छ । थापाथलीस्थित उक्त घरमा कार्यालय राख्न पाँच वर्षको लागि सम्झौता भएको र बैशाख १ गते सर्ने बताइएको छ ।

यसैबीच नयाँ पार्टी कार्यालयमा थापाथलीस्थित कार्यालयमा रोबोट राखिएको छ । जसले आगन्तुकको स्वागत गर्ने बताइएको छ । रोबोटले विभिन्न प्रश्नको उत्तर समेत दिने बताइएको छ ।

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार ००:००  ६ : २५ बजे