२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा विकासको बागडोर समाल्ने जिम्मा अम्बिर गुरुङलाई



प्रदेश १ मा विकासको बागडोर समाल्ने जिम्मा अम्बिरबाबु गुरुङले पाएका छन् । १४ महिना अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका गुरुङलाई विकास निर्माणमा अब्बल काम गरेको भन्दै मुख्यमन्त्री शेरधन राईले सोही मन्त्रालयको मन्त्री पदमा नियुक्त गरेर पूर्वाधार मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन् ।

राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा भएको विकासक्रमको अध्ययन अवलोकन गरेका गुरुङले राज्यमन्त्री हुँदा प्रदेशको पूर्वाधार विकासमा नीतिगत तथा कार्यगत सुधार गरेका छन् । एकद्धार प्रणालीबाट योजना छनोट तथा विस्तृत परियोजना प्रतिवेदनका आधारमा दिगो विकासलाई अघि बढाएका मन्त्री गुरुङले प्रदेशका १४ वटै जिल्लामा समानुपातिक विकासमा जोड दिएका छन् ।

शुक्रबार पदभार ग्रहण गर्दै मन्त्री गुरुङले पूर्वाधार विकासमा अब्बल काम गर्ने योजना सार्वजनिक गरेका छन् ।

राजनीतिसँगै समाजसेवालाई अघि बढाएका एमाले नेता गुरुङ सामाजिक कामबाट जिल्लामा स्थापित नेता हुन् । उनी सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका बासिन्दा हुन् ।

उनी मालेकालीन समयमै नेकपा मालको सदस्यता लिएर राजनितिमा होमिएका थिए । ०५३ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएर काम गरेका थिए । ०५४ को स्थानीय निर्वाचनमा रुम्जाटार गाविसमा उनकै कमाण्डमा नेकपा एमालेले निर्वाचन परिचालन गरेको थियो । पहिलोपटक रुम्जाटारमा कम्युनिष्टहरुलाई जिताएर चर्चामा आएका गुरुङ ०५६ सालको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा नेकपा मालेको तर्फबाट १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । ८ वर्षपछि फेरि गुरुङ त्यस क्षेत्रबाट प्रदेश सभा सदस्यमा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदर बनेर प्रतिस्पर्धिलाई ७ हजार मतान्तरले पछि पार्दै निर्वाचित भएका थिए ।

दिगो विकासमा योजनावद्ध अघि बढ्नुपर्ने मान्यता राख्ने गुरुङसँग अमेरिका र बेज्लियम लगायतका देशमा भएको विकासक्रमको राम्रो अनुभव छ । नेपालमा पनि दातृनिकाय र लगानीवोर्डसँग सिधा सम्पर्क भएका गुरुङले प्रदेश १ मा अनेकौं योजना अघि सारेर लगानीबोर्ड आकर्षित गराएका छन् ।

ओखलढुंगा जिल्लामा जनताको माग र चाहना भन्दा बढी काम गर्ने चुनावी एजेण्डा बनाएका गुरुङले जिल्लामा विभिन्न महत्वकांक्षी योजनाहरु सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७, १३ चैत्र शुक्रबार ००:००  ६ : ०० बजे