२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरौटीमा छुटे माइला लामा



काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् ।

उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै संखुवासभामा बसेका थिए ।

शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाका जेलर विनोद अधिकारीले बताए ।

सरकारले मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहका नेताहरूले बताएका छन् ।

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै सरकारले मुद्दा फिर्ता लिने बताएको थियो, तर अनुसन्धानका क्रममा रहेका बाहेकका नेताहरु छुटेका थिएनन् ।

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार ००:००  १० : १० बजे