२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा एमालेको समानान्तर कमिटी घोषणा



नेकपा एमाले (माधव नेपाल समूह) ले ओखलढुंगामा समानान्तर कमिटी घोषणा गरेको छ । शुक्रबार सदरमुकाममा आयोजित सो समूहको विस्तारित बैठकले कमिटी घोषणा गरेको हो ।

कमिटीको अध्यक्षमा नेत्रप्रसाद भट्टराई, उपाध्यक्षमा मणिराज राई र मेख बहादुर खड्का, सचिव हर्कबोल राई, उपसचिवहरु अर्जुन धमला, बलबहादुर परियार, नरेन्द्र श्रेष्ठ, मावर सुनुवार, किसन राई लगायत छन् ।

एमाले भित्रको आन्तरिक विवादपछि माधव नेपाल समूहले देशभर समानान्तर गतिविधि गरिरहेको छ ।

ओखलढुंगामा यसअघि कुनै गतिविधि नगरेको यो समूहले जिल्ला कमिटी घोषणासँगै योजनावद्ध संगठन विस्तार र सहितका योजना अघि सारेको छ ।

विस्तारित जिल्ला कमिटी बैटक तथा समानान्तर कमिटी घोषणा सभालाई एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार लगायतका नेताले सम्बोधन गरेका थिए । वत्ताहरुले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै ओली नेतृत्वको एमालेका गतिविधिको विरोध जनाएका थिए ।

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार ००:००  ३ : ०५ बजे