२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि



कैलाली – बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए ।

बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । -अनलाइनखबर

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार ००:००  ४ : ०१ बजे