२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेण्डसिप अस्पतालमा कोभिडको उपचार सुरु, समस्या भए सम्पर्क गर्न सकिने



काठमाडौं । फेण्डसिप कम्यूनिटी हस्पीटलमा कोभिडको उपचार सुरु गरिएको छ । राजधानीको सुकेधारामा रहेको फेण्डसीप अस्पतालले कोभिड सम्बन्धि उपचार सेवा सुरु गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि सबै व्यवस्थापकीय तयारी गरेर सेवा सुरु गरिएको अस्पताल सञ्चालक समितिका सदस्य राजन धमलाले जानकारी दिए । उनका अनुसार कोभिड अस्पतालबाट प्रवाह हुने सबै सेवा फेण्डसिप अस्पतालबाट उपलब्ध हुनेछन् । ‘कोभिडका बिरामीले राजधानीमा सुविधा सम्पन्न अत्याधुनिक सेवाको अस्पताल खोजेर भौंतारिनु पर्दैन । हामीलाई ०१४४४०२०१ मा फोन गरेर सम्झन सक्नुहुन्छ ।’ धमलाले भने, ‘हाम्रो अस्पताल यहाँहरुकै सेवामा समर्पित छ । अहिलेको अवस्थामा कोभिडका विरामी राखेर उपचार गर्ने र अन्य इमर्जेन्सी सेवा पनि उपलब्ध गराउने हाम्रो लक्ष्य हो । कोही समस्यामा पर्नुभएको भए आउनुस् स्वागत छ ।’ राजधानीमा महंगो शुल्क तिरेर लाइन बसेर उपचार गर्नुपर्ने नागरिकको बाध्यताका बिच फेण्डसिप अस्पतालले कोभिड उपचार सुरु गरेको छ ।

अस्पतालसँग सिधा सम्पर्क नहुँदा संक्रमितहरु घरैमा बसेर कोरोनासँग लडिरहेका छन् । यस्तो अवस्थामा फेण्डसिप अस्पतालले उपचार सेवा र परामर्श समेत दिईरहेको छ ।

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार ००:००  ६ : ३९ बजे