२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा आरडिटी पोजेटिभ देखिएका पुरुषको मृत्यु



काठमाडौं । गुल्मीमा  होम क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर– ५ मैनडाँडा निवासी ६९ वर्षिय पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । मृतक पुरुष प्यारालाइसिसको बिरामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।

भारतमा उपचार गरेर घरमा ल्याइएका पुरुषको बिहीवार कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
मृतक पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रूपन्देहीमा पठाइएको छ । मृतक पुरुषको शवलाई व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार ००:००  ८ : ५३ बजे