खोटाङ । खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नवप्रवेशीलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । कोरोना संक्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले नगरभन्दा बाहिरका क्षेत्र तथा शहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।
मंगलबार सूचना जारी गर्दै नगरपालिकाले सकेसम्म एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल नगरी ‘जहाँ छौं त्यहीँ’ बस्न आग्रह गरेको छ । कोभिड–१९ लाई नियन्त्रण र व्यवस्थापनका लागि नगरपालिकाभन्दा अन्य क्षेत्र र शहरबाट सकेसम्म नआउन अनुरोध गर्दै जहाँ भएको त्यहीँ सुरक्षित रहन सूचनामार्फत आग्रह गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।
काेराेनाकाे कहर राेक्न नगरपालिकाले पहल गरिरहेकाे छ ।











