२०८३, २ बैशाख बुधबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संवैधानिक आयोगमा नियुक्ति राेक्नु : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् ।

सरकारको सो कदमको विरोध गर्दै एमाले नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवन रक्षामा केन्द्रित हुन आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : २०७८, २५ बैशाख शनिबार ००:००  १० : २६ बजे