२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेनाले शनिवार ५३ जनाको मृत्यु, ८ हजार ४१८ जना नयाँ संक्रमित थपिए



काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ भने कुल संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेका छन् । यस्तै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

प्रकाशित मिति : २०७८, २५ बैशाख शनिबार ००:००  ६ : ५३ बजे