२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट ओखलढुंगाका कांग्रेस नेता कार्कीको निधन



कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड १९ बाट संक्रमण भई काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षको उमेरमा निधन भएको हो ।

नेता कार्कीले एक दशक अघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका थिए । प्रजातन्त्र प्राप्तिको विभिन्न आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निभाएका कार्कीको योगदान नेपाली राजनितीमा विशेष मानिन्छ ।

नेता कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक वक्तव्य जारी गरेको छ । वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको बताइएको छ । कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपुरणीय क्षति भएको भन्दै ७ दिन सम्म पार्टीको आधा झण्डा झुकाउने र ५ दिन सम्म कुनै औपचारिक कार्यक्रम नगर्ने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।

कार्कीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २०७८, २७ बैशाख सोमबार ००:००  १२ : २५ बजे