२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलका मेयर-उपमेयरले प्रयोग गर्ने सवारी एम्बुलेन्स बनाइयाे



खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र उपमेयरले प्रयोग गर्दै आएको गाडी कोभिड–१९ को महामारीमा एम्बुलेन्सका रुपमा उपयोग गर्न नगर स्वास्थ्य शाखालाई उपलब्ध गराएका छन् । स्वीजरल्याण्डको SDC संस्थाले नगरपालिकालाई दिएको बा २ झ ३४६७ नम्बर र र नगरपालिकाले किनेको को १ झ ६६८ नम्बरको गाडी मेयर र उपमेयरले कोभिड–१९ विरुद्धको स्वास्थ्य अभियान सञ्चालनदेखि संक्रमित बोक्नका लागि नगरको स्वास्थ्य शाखा संयोजकलाई उपलब्ध गराएका हुन् ।

आफूले चढ्दै आएको गाडीलाई कोभिड–१९ विरुद्धको सचेतनामुलक अभियानकाक्रममा स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा पुग्न, आवश्यक औषधि तथा सामग्री स्वास्थ्यचौकीमा पु¥याउन र संक्रमितलाई आइसोलेसन वा अस्पतालसम्म पु¥याउने प्रयोजनका लागि स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको नगर प्रमुख दिपनारायण रिजालले बताए । नगरपालिकामा भएको एउटा एम्बुलेन्स नगरपालिकालाई धान्न नसक्ने भएकाले उक्त गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको मेयर रिजालले बताए ।

मेयरले प्रयो गर्ने गाडी बा २ झ ३४६७ मा आजै दिक्क्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका रोकोना संक्रमित नवराज कट्वाललाई दिक्तेलमा उपचार सम्भव नभए पछि कोसी अस्पताल विराठ नगर पठाइएकाके जिल्ला स्वाथ्य कार्यालय खोटाङका जनस्वाथ्य अधिकृत आनन्द लामीछानेले बताए ।

नगरपालिकामा हालसम्म ५१ जना संक्रमित भेटिइसकेका छन् । संक्रमित मध्ये एक जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २०७८, १ जेठ शनिबार ००:००  ७ : १८ बजे