२०८१, ८ जेठ मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिणकालीका मेयर–उपमेयरका सवारी एम्बुलेन्सको रुपमा प्रयोग



काठमाडौंको दक्षिणकाली नगरपालिकाका प्रमुख–उपप्रमुखले आफुले प्रयोग गर्ने सवारी  एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । नगरप्रमुख मोहन बस्नेत र उपप्रमुख बसन्ती तामाङले एम्बुलेन्सको अभावमा नागरिकहरुलाई अस्पताल सम्म पुग्नलाई सास्ती व्यहोर्नुपर्ने बाध्यता हटाएर बिरामीलाई समयमै अस्पताल पु¥याउन आफुले चड्ने सवारी प्रयोग गर्न थालेका हुन् ।

बैशाख ३१ शुक्रबार देखी बा २ झ १६५३ र बा २ झ ३६५५ नम्बरको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको नगरप्रमुख बस्नेतले अनर्लाइन सरोकारसँगबताए । एम्बुलेन्स नपाएर कोरोना संक्रमित अस्पताल पुग्न नपाउँदै बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रमुख र उप प्रमुखले प्रयोग गरिरहेको सरकारी सवारी नगरभित्रका संक्रमितको सेवाका लागि दिईएको उनको भनाई छ ।

कोरोना कहरमा आपतकालिन अवस्था आईपरेमा सवारीका लागि राजु खड्का ९४१०४६३०४ र नरेन्द्र तामाङलाई ९०३४६००२९ मा सम्पर्क गर्न सकिने दक्षिणकाली नगपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २०७८, १ जेठ शनिबार ००:००  ७ : ४६ बजे