२०८१, ४ जेठ शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुर थिमि नगरपालिकाले अक्सिजन उत्पादन गर्न थाल्याे



भक्तपुर । देशव्यापी अक्सिजन अभावका कारण मृत्युवरण गर्नुपर्ने अवस्था आइरहेका बेला स्थानीय सरकारले सञ्चालन गरेको अस्पतालले भने आफैं अक्सिजन उत्पादन सुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले शुक्रबारबाट अक्सिजन उत्पादन गर्न थालेको हो ।

नगरपालिकाले चारदोबाटोस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट अक्सिजन उत्पादन गर्न थालेको छ ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अव अस्पतालमा उपचारत संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गर्न अस्पताल परिसरबाटै हुने भएको छ ।

नगरप्रमुख श्रेष्ठले कोरोना संक्रमित विरामीहरुलाई अक्सिजनको अभाव भएपछि त्यसलाई कम गर्न अस्पतालले अक्सिजन मेसिन जडान गरी उत्पादन सुरु गरेको बताए । अक्सिजन उत्पादनसँगै दैनिक रुपमा झेल्दै आएको अक्सिजन अभावमा केही राहत मिलेको प्रमुख श्रेष्ठको भनाइ छ ।

उनले भने, ‘उत्पादित अक्सिजन अस्पतालको आइसियू, एचडियू र भेन्टिलेटरमा उपचारत संक्रमितलाई प्लान्टबाटै कन्ट्रोल गरि प्रवाह गर्नेछौं। यसबाट अक्सिजन नपाएर संक्रमितको मृत्यु हुने जोखिम कम हुन्छ, मध्यपुर थिमीका जनता अब अक्सिजनको अभावमा मृत्युवरण गर्नुपर्दैन ।’

प्लान्टमार्फत प्रति घन्टा आठ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । ‘दैनिक ९० सिलण्डर अक्सिजन उत्पादन गरिने भएतापनि हालको लागि दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ,’ उनले भने, ‘केही प्रविधि जडान गरिएपश्चात हाम्रो टार्गेट पुरा हुनेछ ।’

अक्सिजन प्लान्टमा एक दुई महिनामा अरु मेसिनहरु पनि थप्ने योजना रहेको उनी बताउँछन् । यो अक्सिजन अस्पतालका लागि मात्र प्रयोगको गर्ने उनले बताए ।

यस प्लान्टले वातावरणमा रहेको हावालाई फिल्टर गरि अक्सिजन उत्पादन गर्ने गर्दछ । इमर्जेन्सी कक्ष, कोभिड आईसीयु र भेन्टिलेटरमा भएका बिरामीसम्म पाइपबाट सीधै अक्सिजन पुर्याउने व्यवस्था मिलाइएको उनले बताए । पाइप जडान नभइसकेका स्थानमा भने तत्कालका लागि सिलिण्डरबाटै काम चलाउनुपर्ने उनी बताउँछन् ।

अक्सिजन उत्पादनको लागि करिव ६५ लाख रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : २०७८, १ जेठ शनिबार ००:००  ८ : ३८ बजे