२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कटारीका मनकारी मेयर : आफ्नो तलबभत्ता समेत कोरोना कोषमा जम्मा गर्ने घोषणा



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले विशेष भूमिका निर्वाह गरिरहेका छन् । घर नजिकैको सरकारका रुपमा रहेको स्थानीय सरकारका प्रतिनिधिहरु संक्रमण नियन्त्रणमा बढी सकृय छन् ।

कतिपय स्थानीय तहका प्रमुख उपप्रमुखले आफुले चढ्ने सवारी कोरोना संक्रमितलाई अस्पताल पु¥याउने कार्यमा प्रयोग गरिरहेका छन् । संकटको समयमा रचनात्मक काम गरेर जनताको मन जित्ने दाउमा जनप्रतिनिधि छन् ।

निर्वाचित भएयता जनपक्षिय काम गरेर निकै लोकप्रियता कमाएका उदयपुरको कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले ३ महिनाको तलबभत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । श्रेष्ठले नगरपालिकाबाट बैठक भत्ता, भ्रमणलगायत भत्ताबापत आफुलाई आउने ३ महिनाको रकम कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

कोरोना महामारीको समय नगरबासीको जिउधनको रक्षा गर्नु आफ्नो दायित्व भएकाले ३ महिना बराबरको तलबभत्ताबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख श्रेष्ठले बताए । ‘मैले लिने सेवा–सुविधा नगरको कोरोना कोषमा जम्मा गर्नेछु,’ कोषको रकमले महामारीसँग जुध्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो घोषणा गरेको हुँ’, श्रेष्ठले भने । नगर प्रमुख श्रेष्ठले नगरपालिकामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयासहरू जारी रहेकाले यसमा नगरबासीको सहयोग आवश्यक पर्ने बताएका छन् ।

कटारी नगरपालिका ठुलो क्षेत्रमा फेलिएको र चारैतिर नाका रहेकाले संक्रमण नियन्त्रणमा चुनौति छ । अझ तराईको जिल्लासँग सिमाना जोडिएकाले संक्रमणको थप जोखिम छ ।

कटारीमा अहिले निषेधाज्ञा जारी गरिएको छ । नगरपालिकाले वडा नम्बर ३ ताराघारीमा आइसोलेसन तयार गरिसकेको छ । त्यहाँ २५ बेडको आइसोलेसन तयार पारिएको छ । त्यस्तै कटारी अस्पतालमा अक्सिजनसहितको ६ बेडको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको छ ।  

प्रकाशित मिति : २०७८, २ जेठ आइतबार ००:००  ११ : ३१ बजे