२०८३, ३१ जेष्ठ आइतबार | Sun Jun 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ पुग्याे



काठमाण्डाै- रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मिका एक कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको पुष्टि गर्नुभयो ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहको थियो।

अस्पतालले केही बेरमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको औपचारिक जानकारी गराउने तयारी गरेको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।

प्रकाशित मिति : २०७७, ७ जेष्ठ बुधबार ००:००  ५ : ५४ बजे