२०८३, ११ असार बिहिबार | Thu Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै पार्टीको सरकार ढाल्न लागेका यज्ञराज सहित १२ नेतालाई एमालेले स्पष्टिकरण सोध्यो




काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधिसभाका सदस्यहरु जो देउवाको पक्षमा रिट लिएर गए उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

झलनाथ र माधव नेपालसहित ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि कारवाही अघि बढाइएको हो । स्पष्टिकरण सोधिनेमा निवर्तमान सांसद यसप्रकार छन् :

विरोध खतिवडा
जीवनराम श्रेष्ठ
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
भवानी प्रसाद खापुङ
यज्ञराज सुनुवार
सुरेन्द्र पाण्डे
मेटमणि चौधरी
दिपक प्रकाश भट्ट
नारायण खतिवडा

प्रकाशित मिति : २०७८, १० जेष्ठ सोमबार ००:००  ९ : ४५ बजे