२०८३, २९ बैशाख मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक सय किलो गाँजा सहित दुई जना पक्राउ



काठमाडौ। धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेका को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो गाँजा सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।
उक्त एम्बुलेन्सलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ११ जेष्ठ मंगलबार ००:००  १ : ५३ बजे